Kathmandu Press

बैठकस्थल घेरा हालेर विप्लवका १८ नेता-कार्यकर्ता पक्राउ

पोखरा, जेठ २६ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका १८ नेता–कार्यकर्तालाई बैठकस्थल घेरा हालेर पक्राउ गरिएको छ ।

जि....

बैठकस्थल घेरा हालेर विप्लवका १८ नेता-कार्यकर्ता पक्राउ
फाइल फोटो

पोखरा, जेठ २६ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका १८ नेता–कार्यकर्तालाई बैठकस्थल घेरा हालेर पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले अन्नपूर्ण गाउँपालिका–११ उरीबाट शनिबार राति पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा विप्लवका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ता रहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।

पक्राउ परेका अन्य नेता-कार्यकर्ताकाे नाम सार्वजनिक गरिएकाे छैन।

उरी क्षेत्रमा केही दिनयता विप्लवका गतिविधि बढेको प्रहरीलाई सूचना आएको थियो। त्यही सूचनाका आधारमा शुक्रबारदेखि नै प्रहरीले विशेष टोली परिचालन गरेको थियो।

विप्लवका नेता कार्यकर्ता आमा समूहको भवनमा बैठक बसिरहेका बेला प्रहरीले घेरा हालेको हो। बैठकमा रहेका सबैलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेका १८ जनालाई नै जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको एसपी कार्कीले बताए।
 

प्रकाशित मिति: १०:०८ बजे, आइतबार, जेठ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्