गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम
कास्की, चैत २६ : गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ ।प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी...
कास्की, चैत २६ : गण्डकी प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ ।
प्रदेशका ११ जिल्लामध्ये स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा बुधबारदेखि सो कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले बताए।
गण्डकी प्रदेशमा हालसम्म चार लाख ७५ हजार व्यक्तिको स्वास्थ्य बीमा भइसकेको छ । जसमध्ये ६४ हजार ज्येष्ठ नागरिक रहेको संयोजक खरेलले बताए।
उनका अनुसार सात हजार सात सय अतिविपन्न परिवारको स्वास्थ्य बीमा गरिएको छ । ज्येष्ठ नागरिक तथा अतिविपन्न परिवारको सरकारले निःशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।
प्रकाशित मिति: १४:५४ बजे, बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












