प्रधानमन्त्री युरोप जाँदा आकास र सडक बन्द, दर्जनौ विमान आकासमै होल्ड
काठमाडौं, जेठ २५ : प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घन्टा बन्द गरिएको छ।
काठमाडौं, जेठ २५ : प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घन्टा बन्द गरिएको छ।
विमानस्थल व्यावस्थापनले ७ बजे देखि ७ः३० बजेसम्मका लागि नोटामू (नाे ट्रफिक मुभमेन्ट) जारी गरेको छ । साताव्यापी युरोप भ्रमणका लागि प्रधानमन्त्री ओली आज सवा ७ बजे युरोप प्रस्थान गरेका छन्।
बेलुका सात बजेदेखि आठ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको अध्यधिक चाप हुने समय हो । जसका कारण सयौ यात्रु र दर्जनौं उडान प्रभावित भएका छन् । प्रधानमन्त्रीको सुरक्षाको कारण देखाएर आधा घण्टा विमानस्थल बन्द गर्दा दर्जनौँ उडान र अवतरण प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ।
यता सडक मार्गमा समेत सवारी चलाउन रोक लगाईएको छ । जसका कारण सर्वसाधारणले सास्ती व्योहोर्नु परेको छ।
प्रधानमन्त्ती ओली युरोप भ्रमणका क्रममा स्वीट्जरल्यान्ड प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको अति विशिष्ट कक्षमा सभामुख कृष्ण वहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीना, उपप्रधानमन्त्री इश्वर पोखरेल लगाएतले विदाइ गरेका थिए भने नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्रीको सम्मान गारथ सलामी अर्पण गरेको थियो।
उच्चस्तरीय ३१ सदस्यीय टोलीको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड प्रस्थान गरेका प्रधानमन्त्री ओलीले सोमबार अन्तराष्ट्रिय श्रम संगठनको १०० वर्ष पुगेको अवसरमा जेनेभामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि उहाले स्वीस इन्टेरियर मिनिस्टर एवंम् पूर्व राष्ट्रपति अलिन ब्रेसेटसँग दुई पक्षीय वार्ता गर्नुहुनेछ । जेनेभाबाट बेलायत पुगेपछि प्रधानमन्त्री ओलीले ११ जुनमा प्रधानमन्त्री टेरेसा मे सँग भेट गर्ने कार्यक्रम छ । त्यसै दिन प्रधानमन्त्री ओलीले अक्स्फोर्ड युनिभर्सिटीमा नेपालीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । १२ जुनमा प्रधानमन्त्री ओली फ्रान्समा पुगेर राष्ट्रपति इम्यानुयल म्याक्रोंसँग भेटवार्ता गर्ने तय भएको छ।
त्यसपछि उहाले नेपाल र फ्रान्सको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा आयोजित एक विशेष कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।
त्यसक्रममा ३२ अर्बको लगानीसहित नेपाली आकाशमा प्रक्षेपण गर्न लागिएको भू–उपग्रहसम्बन्धी सम्झौतामा समेत नेपाल र फ्रान्सले हस्ताक्षार गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीको टोलीमा उहाकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, परराष्ट्र सचिव शंकरदास वैरागी, श्रम सचिव महेश दाहाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार र वैदेशिक सल्लाहकार राजन भट्टराईलगायत सहभागी छन् । युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्कने कार्यक्रम छ।






