Kathmandu Press

विधेयकहरू अगाडि बढाउन कसले रोकेको छ ? : लालबाबु पण्डित

एमाले ओली समूहका सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डिनले सदनमा अड्किएका विधेयकहरू अगाडि बढाउन कसले रोकेको छ भन्ने प्रश्न गरेका छन्।
विधेयकहरू अगाडि बढाउन कसले रोकेको छ ? : लालबाबु पण्डित

काठमाडौं, चैत २६ : एमाले ओली समूहका सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डिनले सदनमा अड्किएका विधेयकहरू अगाडि बढाउन कसले रोकेको छ भन्ने प्रश्न गरेका छन्।

‘विधेयकहरू अगाडि बढाउन कसले रोकेको छ ?’ उनले भने, ‘बाधा अवरोध छन् भने संसदलाई जानकारी हुनुपर्छ।’

६५ वटा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभामा अड्किएको उनले उल्लेख गरे। संसदीय व्यवस्थाप्रति आस्था र विश्वास कम भएकाहरू अनि संविधानकै काम छैन भन्नेहरूले सरकारविरुद्ध गलत प्रचार गरिरहेको उनले दाबी गरे।

‘विधेयकहरू अगाडि बढाउन नसक्दा सरकारमाथि मात्र होइन, सभामुखमाथि पनि प्रश्न उठ्छ,’ उनले भने, ‘सभामुखको विशेष भूमिकाको आवश्यकता छ।’
 

प्रकाशित मिति: १४:०४ बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्