Kathmandu Press

म्यान्मार सरकारद्वारा १२० भन्दा बढी कलाकार नियन्त्रणमा

याङ्गुन, चैत २६ : म्यान्मारको जुन्ता सरकारले यहाँको सैनिक विद्रोहको विरोध गरिरहेका १२० भन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ। यहाँको सरकारले पछिल्लो समयमा...
म्यान्मार सरकारद्वारा १२० भन्दा बढी कलाकार नियन्त्रणमा

याङ्गुन, चैत २६ : म्यान्मारको जुन्ता सरकारले यहाँको सैनिक विद्रोहको विरोध गरिरहेका १२० भन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ। यहाँको सरकारले पछिल्लो समयमा सैनिक विद्रोहका विरुद्धमा विभिन्न कलाकारिता प्रस्तुत गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको बिहीबार बताइएको छ। 

ती कलाकारहरुमध्येका प्रमुख हुन् यहाँका एकजना गायक र मोडेल पाइङ ताखोन । उनी म्यान्मार र थाइल्यान्डमा समेत चर्चित गायक, मोडेल र कलाकार हुन्।

उनले पछिल्लो समयमा म्यान्मारको सैनिकले विद्रोह गरेर सत्ता हत्याएको विरोधमा कार्यक्रम गर्दै आएका थिए। अहिले म्यानमारमा विरोध प्रदर्शन जारी छ र यसमा कलाकारहरुले विभिन्न कला पनि प्रस्तुत गर्ने गरेका छन्। 

उनीसहित उनका अरु सहयोगी तथा कलाकारहरुलाई पनि म्यानमारको सेनाले पक्राउ गरेर थुनामा राखेको बताइएको छ । यहाँ गत फेब्रुअरी १ मा सरकारलाई अपदस्थ गरी सेनाले सत्ता लिएको छ। त्यसका विरुद्धमा म्यान्मारमा सुरुदेखि नै विरोध भइरहेको छ ।

सैनिक सरकारका विरुद्धमा यहाँका लेखक, पत्रकार, कलाकार तथा समाजका विभिन्न क्षेत्र र बर्गका नागरिकहरुले सडक संघर्षलाई जारी राखेका छन्। 

प्रकाशित मिति: १२:३४ बजे, बिहीबार, चैत २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्