सुनको मूल्यमा हजार रुपैयाँ वृद्धि
काठमाडौं, चैत २६ : बिहीबार (आज) सुनको मूल्यमा हजार रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।जसअनुसार सुनको मूल्य प्रतितोला ८९ हजार...
काठमाडौं, चैत २६ : बिहीबार (आज) सुनको मूल्यमा हजार रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
जसअनुसार आज सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँ कायम भएको छ। यो मूल्य हिजोको मूल्यभन्दा १५ रुपैयाँले बढी हो।
प्रकाशित मिति: १२:२६ बजे, बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











