अबको विकल्प ताजा जनादेश : थापा
हेटौंडा, चैत २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अबको विकल्प ताजा जनादेश भएको बताएका छन्।बुधबार राप्रपा मकवानपुरले आयोजना गरेको प्रशिक्षण...
हेटौंडा, चैत २५ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अबको विकल्प ताजा जनादेश भएको बताएका छन्।
बुधबार राप्रपा मकवानपुरले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अब सरकार गठनको खेलमा लाग्नुभन्दा चुनावमा जानु उत्तम हुने बताए। कांग्रेस र कम्युनिस्टले लिएको मार्गचित्र गलत र त्रुटिपूर्ण भएको जिकिर गर्दै ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने बताए।
अध्यक्ष थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुकको हित नगर्ने दाबी गरे। ‘मुलुकको स्वाधिनता प्रमुख विषय हो, गौरवशाली इतिहासलाई मटियामेट पारेर नयाँ भाष्य सिर्जना गर्ने दुष्प्रयास सफल हुन दिनुहुन्न्,’ थापाले भने।
सत्ता र शक्तिको निमित्त भएको लुछाचुँडीले मुलुक अन्यौल र अनिश्चिततातर्फ धकेलिएको उनको भनाइ थियो। त्यसैले अब निर्वाचनमा जानुपर्नेमा थापाले जोड दिए।











-1784031842.jpg)