भक्तपुर नगरपालिकामा विद्यार्थीलाई शैक्षिक ऋण
भक्तपुर, चैत २५ : भक्तपुर नगरपालिकाले शैक्षिक योग्यता प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको लागि सहुलियत ब्याजदरमा शैक्षिक....jpg)
भक्तपुर, चैत २५ : भक्तपुर नगरपालिकाले शैक्षिक योग्यता प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको लागि सहुलियत ब्याजदरमा शैक्षिक ऋण वितरण सुरु गरेको छ।
बुधबार एक कार्यक्रम आयोजना गरि यस वर्ष एक सय १९ जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई ऋण प्रदान गर्ने सम्झौता गरिएको छ। कार्यक्रममा भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापतीले शैक्षिक ऋणको सदुपयोग गर्न विद्यार्थी र अभिभावक समक्ष आग्रह गरेका छन्।

मेयर प्रजापतीले भने, ‘आर्थिक कारणले गर्दा कोही पनि पढाइबाट बञ्चित हुन नपरोस् भनी शैक्षिक ऋणको अवधारणा अगाडि सारेका हौँ।’
यसले जेहेन्दार विद्यार्थीलाई सहयोग पुग्ने उनले विश्वास जनाए। ‘आफ्नो विषयमा दक्षता हासिल गरी देश र समाज सेवाको लागि काम गर्न यसले सहयोग पुग्ने विश्वास छ,’ प्रजापतीले भने।
प्रकाशित मिति: १८:३० बजे, बुधबार, चैत २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










