Kathmandu Press

गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

प्युठान, चैत २५ : गोठमा भएको आगलागीमा परेर प्युठानमा दुई बालबालिकाको मृत्यु भएको छ।बुधबार प्युठानको गौमुखी गाउँपालिका–३ रजवाराका स्थानीय रमेश रानाको गोठमा भएको...
गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

प्युठान, चैत २५ : गोठमा भएको आगलागीमा परेर प्युठानमा दुई बालबालिकाको मृत्यु भएको छ।

बुधबार प्युठानको गौमुखी गाउँपालिका–३ रजवाराका स्थानीय रमेश रानाको गोठमा भएको थियो। आगलागीमा परेर उनका ७ वर्षीय छोरा हिमाल र ३ वर्षीया छोरी चन्द्रकलाको ज्यान गएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले बताए।

अभिभावक घरमा नभएको बेला आगलागी भएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले बताए।

 

प्रकाशित मिति: १८:२२ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्