Kathmandu Press

ओलीले विदेशी शक्तिसामु आत्मसमर्पण गरे : प्रचण्ड

काठमाडौं, चैत २५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर विदेशी शक्तिसामु आत्मसमर्पण गरेको आरोप लगाए।सल्यानको...
ओलीले विदेशी शक्तिसामु आत्मसमर्पण गरे : प्रचण्ड

काठमाडौं, चैत २५ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर विदेशी शक्तिसामु आत्मसमर्पण गरेको आरोप लगाए।

सल्यानको सल्लीबजारमा बुधबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई रुसका अन्तिम कम्युनिस्ट प्रधानमन्त्री मिखाइल गोर्वाचोभ र जर्मनीका हिटलरसँग तुलनासमेत गरे।

प्रचण्डले सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसला  ‘विचित्रको’ भएको बताए। उनले निवदेकले दाबी नै नगरेको विषयमा अदालतले फैसला सुनाएको आरोप लगाए।
अर्को नाम लिए आऊ भन्ने फैसला आउला भन्ने लागे पनि त्यसको विपरीत भएकोप्रति उनले असन्तुष्टि प्रकट गरे। 

प्रचण्डले देशमा प्राप्त उपलब्धि सिध्याउने षड्यन्त्रप्रति सबै एकजुट भई लड्नुपर्नेमा जोड दिए। उनले आफ्नो बाँकी जीवन देश विकासका लागि समर्पण गर्ने पनि बताए।
 

प्रकाशित मिति: १८:०८ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्