Kathmandu Press

माओवादीले सुदूरपश्चिमका पूर्वआर्थिक मामिला मन्त्री बोहरालाई सोध्यो स्पष्टीकरण

माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिला मन्त्री झपट बोहरासँग स्पष्टीकरण सोधेको छ।
माओवादीले सुदूरपश्चिमका पूर्वआर्थिक मामिला मन्त्री बोहरालाई सोध्यो स्पष्टीकरण

काठमाडौं, चैत २५ : माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिला मन्त्री झपट बोहरासँग स्पष्टीकरण सोधेको छ।

अछाम क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित बोहरा मन्त्रीबाट राजिनामा दिएर एमाले ओली समूहतिर लागेका थिए।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीले उनलाई २४ घण्टाभित्र जवाफ माग्दै स्पष्टीकरण सोधेका हुन्।

नेकपा विभाजन हुने २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि बोहरा एमालेका गतिविधिमा देखिएको र केन्द्रीय सदस्य नै बनेको देखिएकाले पार्टी परित्याग गरेको ठहर स्पष्टीकरण पत्रमा गरिएको छ। र, उनलाई पार्टी सदस्यबाट किन निष्कासन नगर्ने भनेर प्रश्न गरिएको छ।
 

प्रकाशित मिति: १६:२७ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्