Kathmandu Press

लोकतन्त्रका नाममा सर्वसत्तावाद हाबी भयोः थापा

म्याग्दी, जेठ २५ : राप्रपाका अध्यक्ष कमल थापाले मुलुकको अवस्था झन् जर्जर र भयानक भएको बताएका छन्।

स्वाभिमान यात्राको क्रममा म्याग्दीको ....

लोकतन्त्रका नाममा सर्वसत्तावाद हाबी भयोः थापा

म्याग्दी, जेठ २५ : राप्रपाका अध्यक्ष कमल थापाले मुलुकको अवस्था झन् जर्जर र भयानक भएको बताएका छन्।

स्वाभिमान यात्राको क्रममा म्याग्दीको सदरमुकाम बेनीमा शनिबार  आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले परिवर्तनलाई संस्थागत गर्ने नाममा धर्म निरपेक्षता लाद्ने र राजसंस्थालाई पाखा लगाएर जबर्जस्ती गणतन्त्र कायम गरेयताका १३ वर्षको अवधिको स्वच्छ मूल्याङकन गर्दा मुलुकको अवस्था झन् जर्जर र भयानक भएको बताएका हुन्।

थापाले राप्रपाले अघि सारेको मध्यमार्गी धार राजसंस्थासहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्र स्थापनाका लागि अब गाउँगाउँमा बहस चलाउनुपर्ने बताए। उनले जनयुद्धका नाममा १० वर्ष सर्वस्व गुमाउँदै शान्ति प्रक्रियासम्म आइपुग्दा पनि पुनः नयाँ माओवादी विद्रोह सुरु हुनु अशुभको संकेत भएको बताए। उनले गलत मार्गको प्रयोग गरेर परिवर्तनका नाममा थोपरिएका राज्य सञ्चालन प्रणालीलाई सच्याउनेतर्फ बहस चलाउन पनि सम्पूर्ण राजनीतिक दललाई आग्रह गरे।

परिवर्तनका नाममा बन्दुक बोक्नेहरु विदेशी मरुभूमिमा रगत पसिना बेच्ने र बन्दुक बोकाउनेहरु अर्बपति भएको यथार्थ बाहेक मुलुकमा कुनै परिवर्तन नभएको थापाको आरोप छ। उनले लोकतन्त्रका नाममा सर्वसत्तावाद हाबी भएको जिकिर गरे।
 

प्रकाशित मिति: १८:०२ बजे, शनिबार, जेठ २५, २०७६