निजामती प्रशासन समयको गतिसँगै परिवर्तन हुन सकेन : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं, चैत २५ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन समयको गतिसँगै परिवर्तन हुन नसकेको बताएका छन्।बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुसँगको अन्तरक्रियामा बोल्दै उनले...
काठमाडौं, चैत २५ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन समयको गतिसँगै परिवर्तन हुन नसकेको बताएका छन्।
बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरुसँगको अन्तरक्रियामा बोल्दै उनले परिणामभन्दा प्रक्रियालाई जोड दिने प्रवृत्ति निजामती प्रशासन रहेको टिप्पणी गरेका हुन्। उनले निजामती प्रशासनमा ‘झिंगे टँसाइ’ सोच प्रमुख समस्या बनेर रहेको बताए ।
‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या भनेकै सोचमा सकारात्मक परिवर्तनको अभाव हो,’ उनले भने, ‘निजामती प्रशासन अझैसम्म झिंगे टँसाइ सोचबाट मुक्त हुन सकेको छैन ।’
उपप्रधानमन्त्री पोखरेलले सक्षम हुँदाहुँदै पनि कर्मचारीतन्त्रले जनताको विश्वास जित्न नसकेको आरोप लगाए। ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने प्रवृत्ति, निर्णय गर्नम हिचकिचाउने, समस्यासँग तर्सनेलगायत कारण कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गर्ेको उनको भनाय थियो।
शासन प्रणालीलाई सबल बनाउने मूल जिम्मेवारी निजामती प्रशासनको रहेको र यसलाई नागरिकमैत्री कार्यशैलीबाट लोकप्रिय बनाउन आवश्यक रहेको पनि उपप्रधानमन्त्री पोखरेलले बताए ।











-1784031842.jpg)