Kathmandu Press

प्यूठानमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

प्यूठान, चैत २५ : प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा  एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।आज बिहान करीब ९ बजे स्थानीय रमेश...
प्यूठानमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु

प्यूठान, चैत २५ : प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा  एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

आज बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए।

घरमा अभिभावक नभएको बेला आगलागी भएको उनको भनाइ छ । अहिले प्रहरी घटनास्थल जादै गरेको जिल्ला प्रहरी कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए।

प्रकाशित मिति: १२:५८ बजे, बुधबार, चैत २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्