Kathmandu Press

पर्यटन कम्पनीमा तालाबन्दी गर्ने श्रमिकहरुको चेतावनी

काठमाडौं, जेठ २५ : पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले मजदुरलाई शोषण गर्ने पर्यटन कम्पनीहरुमा तालाबन्दी गर्ने चेतावनी दिएको छ।&nbs....

पर्यटन कम्पनीमा तालाबन्दी गर्ने श्रमिकहरुको चेतावनी

काठमाडौं, जेठ २५ : पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले मजदुरलाई शोषण गर्ने पर्यटन कम्पनीहरुमा तालाबन्दी गर्ने चेतावनी दिएको छ। 

शनिबार काठमाडौंमा सम्पन्न तेस्रो प्रतिनिधि परिषद् बैठकमा यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले पर्यटन क्षेत्रका अधिकाँश व्यवसायीले मजदुरमाथि शोषण गरिरहेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले नियमसंगत रुपमा श्रमिकलाई कानूनले तोके अनसार पारिश्रमिक, सेवा सुविधा र सामाजिक सुरक्षा प्रदान नगरे तालावन्दी गर्ने बताएका हुन्। 

‘नेपाल एयरलायन्स लगायत पर्यटन क्षेत्रका सरकारी निकायमै मासिक करिब ६÷७  हजार रुपैंया परिश्रमिक दिइन्छ । यो लज्जास्पद विषय हो’ उनले भने, ‘हामी मजदुरमाथि शोषण गर्ने सरकारी संस्था होस् या व्यवसायीक कम्पनीलाई अब छाड्ने अवस्थामा छैनौं । मजदुर मार्ने काम भयो भने हामी हात ठाडो पार्न बाध्य हुनेछौं ।’

अध्यक्ष पराजुलीले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा मजदुरको सहयोग बीना पर्यटन क्षेत्र सफल हुन नसक्ने भन्दै संगठनले पर्यटन क्षेत्रमा अप्रिय अवस्था नआयोस् भन्नका लागि बेलैमा सोच्नु पर्ने बताए र्।  भ्रमण वर्षमा मजदुरको भूमिका के हो ? यदि मजदुरले ट्रेकिङ गर्न छाडिदिए भने, हिमाल चड्न छाडिदिए भने के भ्रमण वर्ष सफल होला ? हामी बेलैमा मजदुरको सहभागीतासहित नीतिगत र अन्य व्यवस्थामा लाग्न सरकारको ध्यानाकर्षण गराउँदछौं’ पराजुलीले भने। 

कार्यक्रममा नेपाल ट्रेड यूनियन (जिफन्ट) का महासचिव जनक चौधरीले ट्रेड यूनियन अधिकारका लागि मुख ताक्ने होइन नेतृत्व गर्न र नीति बनाउने तहमा पुग्न पर्यटन श्रमिकहरुलाई निर्देशन दिए। 
कार्यक्रममा नाट्टाका अध्यक्ष सिएन पाण्डेले श्रमिकको कार्यक्षमता वृद्धि गर्न सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने संस्थाको योजना रहेको बताए। 

प्रकाशित मिति: १६:५६ बजे, शनिबार, जेठ २५, २०७६