Kathmandu Press

बालबालिकालाई आकर्षण गर्ने शिक्षा चाहिन्छः  मन्त्री थापा

गलकोट, जेठ २५ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालबालिकालाई आकर्षणमैत्री शिक्षा प्रदान गर्न सक्नुपर्ने बताएकी छिन्।

....
बालबालिकालाई आकर्षण गर्ने शिक्षा चाहिन्छः  मन्त्री थापा

गलकोट, जेठ २५ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बालबालिकालाई आकर्षणमैत्री शिक्षा प्रदान गर्न सक्नुपर्ने बताएकी छिन्।

उनले बालबालिकालाई विद्यालयप्रतिको आकर्षण कायम राख्नका लागि विद्यार्थीले प्रविधिको प्रयोग, दिवा खाजा, खेलकूद तथा मनोरञ्जन र अन्य संरचनाको व्यवस्था गर्नुपर्ने बताइन्। 

शनिबार बागलुङमा नेपाल बाल सङ्गठनद्वारा संरक्षित नेपाल सरकारबाट सञ्चालित बालमन्दिर आधारभूत विद्यालयको निरीक्षणपछि बोल्दै मन्त्री थापाले बालबालिकाको अधिकार स्थानीय तहलाई प्रदान गरेका कारण सबैभन्दा जिम्मेवार स्थानीय तह बन्नुपर्ने बताइन्। 

‘‘बालबालिकाको विषयमा सबै निकाय गम्भीर छन्’’ मन्त्री थापाले भनिन्,“विद्यार्थीलाई भौतिक पूर्वाधार मात्र भएर हुँदैन, गुण्स्तरीय शिक्षा प्रदान गर्न सक्नुपर्छ।” बालबालिकालाई विद्यालय जाउँ-जाउँ जस्तो वातावरण तयार गर्न केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले समन्वयकारी भूमिका खेल्नमा सक्दो पहल गर्ने उनले बताइन्। 

विद्यालयमा भौतिक पूर्वाधार सम्पन्न भए पनि गुणस्तरीय शिक्षाका लागि सक्दो सहयोग गर्नका लागि विद्यालका प्रधानाध्यापक मिठू पौडेल क्षेत्रीले मन्त्री थापाको ध्यानाकर्षण गराएका थिए। मन्त्री थापाले जनशक्ति व्यवस्थापन तथा शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन्।

विद्यालयमा हाल बाल कक्षादेखि कक्षा आठसम्म ११४ जना विद्यार्थी अध्यनरत रहेका छन्। विद्यालयमा हाल ६ सरकारी दरबन्दी र नेपाल बाल सङ्गठनको निजी स्रोतबाट तीन जना शिक्षक रहेको विद्यालयले जनाएको छ। 

प्रकाशित मिति: १५:०० बजे, शनिबार, जेठ २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्