Kathmandu Press

ममाथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ : प्रचण्ड

रुकुम, चैत २४ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापालाई गृहमन्त्री बनाएर गल्ती गरेको बताएका छन्।मंगलबार रुकुम पश्चिम पुगेका प्रचण्डले...
ममाथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ : प्रचण्ड

रुकुम, चैत २४ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापालाई गृहमन्त्री बनाएर गल्ती गरेको बताएका छन्।

मंगलबार रुकुम पश्चिम पुगेका प्रचण्डले पार्टीभित्र आफूलाई साथ दिएकालाई अवसर नदिई घेराबन्दी गर्नेलाई पार्टी र सरकारमा अवसर दिएकोमा पछुतो भएको बताएका छन्। जनप्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भने, 'संविधानसभाको निर्वाचन २०७० सालमा मलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ।'

पार्टीप्रति इमानदारलाई प्राथमिकतामा राख्न नसकेकोमा दुःख प्रकट गरे। 'पार्टीप्रति, लाइनप्रति इमानदार भएर लागेका, दुःख गरेका कार्यकर्ताहरूलाई मैले प्रत्येक नियुक्ति, पार्टीमा नियुक्ति गर्दा र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा अलिकति गल्ती गरेँ,' प्रचण्डले भने।

फटाहा टाइपका मान्छेलाई प्राथमिकतामा राखेजस्तो महसुस भएको उनको भनाइ थियो। प्रचण्डले भने, ;फटाहा-फटाहा टाइपका मान्छेहरूलाई प्राथमिकता दिएको जस्तो भयो। आगामी दिनमा हिजो युद्ध र आन्दोलनमा इमानदारितासाथ लडेका जनता र कार्यकर्तालाई अगाडि बढाउने संकल्प गर्न चाहन्छु।'

प्रकाशित मिति: १८:१० बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्