दीपाश्री निरौला र सरोज खनालको फेसबुक ह्याक गरेको अभियोगमा १४ वर्षीय बालक पक्राउ
काठमाडौं, चैत २४ : कलाकारको फेसबुक ह्याक गरेको अभियोगमा प्रहरीले एक बालकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइवर ब्युरोको टोलीले पर्सा बहुदरमाई नगरपालिका वडा...
काठमाडौं, चैत २४ : कलाकारको फेसबुक ह्याक गरेको अभियोगमा प्रहरीले एक बालकलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइवर ब्युरोको टोलीले पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ५ का १४ वर्षीय बालकलाई पक्राउ गरेको हो ।
कलाकार दिपाश्री निरौला र सरोज खनालले आफ्नो फेसबुक ह्याक भएको भन्दै केही समयअघि ब्युरोमा निवेदन दिएका थिए।
प्रहरीका अनुसार अभियुक्त बालकले विभिन्न कलाकारको फेसबुक ह्याक गरेर फेसबुकमा जोडिएका साथीहरूसँग पैसा माग्ने गरेका थिए ।
विद्युतीय कारोबार ऐन २०६३ बमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १७:१३ बजे, मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)