Kathmandu Press

मंगलबार थप २६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत २४ : पछिल्लो २४ घण्टामा देशभर २ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार...
मंगलबार थप २६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत २४ : पछिल्लो २४ घण्टामा देशभर २ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यही अवधिमा १ सय १३ जना सङ्क्रमण मुक्त भएका छन्। २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ।

अहिलेसम्म देशभर २ लाख ७८ हजार ४ सय ७० जनामा कोभिड सङ्क्रमण पुष्टी भइसकेको छ। त्यस्तै ३ हजार ३६ जना संक्रमितको मृत्यु भएको छ। 

प्रकाशित मिति: १६:५५ बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्