कालीकोटमा भेटियो दुर्लभ रेडपाण्डा
कालीकोट, चैत २४ : कालीकोटको शुभकालिका गाउँपालिका–६ हाउडी लेकमा दुर्लभ रेडपाण्डा (हाब्रे) भेटिएको छ । सोमबार हाउडी लेकको जङ्गलमा रेडपाण्डा भेटिएको हो । लोपोन्मुख अवस्थामा...
कालीकोट, चैत २४ : कालीकोटको शुभकालिका गाउँपालिका–६ हाउडी लेकमा दुर्लभ रेडपाण्डा (हाब्रे) भेटिएको छ । सोमबार हाउडी लेकको जङ्गलमा रेडपाण्डा भेटिएको हो ।
लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डा विश्वको दुर्लभ स्तनधारी जनावर हाउडीको जङ्गलमा भेटिएको शुभकालिका गाउँपालिकाका–६ का वडाध्यक्ष कर्णबहादुर केसीले बताए। ‘मानवीय गतिविधिका कारण पछिल्लो समय रेडपाण्डा निकै लोपोन्मुख अवस्थामा छ’, उनले भने।
दुर्लभ जनावरका रुपमा रहेको रेडपाण्डालाई संरक्षण गर्ने नीति रहेको वडाध्यक्ष केसीले बताए । ‘रेडपाण्डा संरक्षणको छुट्टै नीति गाउँपालिकाले बनाएको छ’, उनले भने, ‘चोरी शिकारीका कारणले रेडपाण्डा लोप हुँदै गएका छन् ।’
हाल नेपालमा ५०० मात्रै रेडपाण्डा रहेकोमा त्यसमध्ये ४३ प्रतिशत रेडपाण्डाको बासस्थान कर्णालीमा छ ।
प्रकाशित मिति: १६:०० बजे, मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)