नेपाल एयरलाइन्सको सञ्चालकमा किशोर प्रधान नियुक्त
काठमाडौं, चैत २४ : एमाले प्रवेश गरेको एक महिना नबित्दै व्यवसायी किशोर प्रधानले सरकारी नियुक्ति पाएका छन् । १८ दिनअघि एमाले प्रवेश गरेका प्रधानलाई...
काठमाडौं, चैत २४ : एमाले प्रवेश गरेको एक महिना नबित्दै व्यवसायी किशोर प्रधानले सरकारी नियुक्ति पाएका छन् । १८ दिनअघि एमाले प्रवेश गरेका प्रधानलाई सरकारले नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको छ ।
नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम उनलाई निगमको सञ्चालकमा नियुक्त गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।
उनको कार्यकाल ४ वर्षको हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष प्रधानसहितका उद्योगी–व्यवसायी चैत ६ मा एमाले प्रवेश गरेका थिए ।
प्रकाशित मिति: १५:३२ बजे, मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)