Kathmandu Press

नौ जना जुवाडे ६९ हजार नगदसहित पक्राउ

झापा, चैत २४ : जुवा खेलिरहेको अवस्थामा झापाको गौरादहबाट नौ जना जुवाडे पक्राउ परेका छन् ।गौरादह नगरपालिका– ३ का भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको...
नौ जना जुवाडे ६९ हजार नगदसहित पक्राउ

झापा, चैत २४ : जुवा खेलिरहेको अवस्थामा झापाको गौरादहबाट नौ जना जुवाडे पक्राउ परेका छन् ।

गौरादह नगरपालिका– ३ का भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा गएराति इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले १६ थान कौडा, नगद ६९ हजार ४२० रुपैयाँसहित नौ जनालाई नियन्त्रणमा लिएको हो ।

यसरी पक्राउ पर्नेमा गौरादह– २ का  ३२ वर्षीय निर्मल थापा, सोही वडाका ३५ वर्षीय अङ्कित कार्की, गौरादह ३ का ३८ वर्षीय सुरेश भण्डारी, सोही वडाका ४६ वर्षीय भक्तबहादुर बर्देवा, गौरादह– ४ का ३६ वर्षीय मोहन खरेल, कनकाई नगरपालिका–३ बस्ने वर्ष ४० का रामप्रसाद खतिवडा, सोही ठाउँ बस्ने वर्ष ४२ को ईश्वर खतिवडा, ४६ वर्षीय बिष्णुप्रसाद उप्रेती र दमक नगरपालिका–७ का ३८ वर्षीय नीरबहादुर सुनुवार रहेका छन् । 

उनीहरुको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए। 

प्रकाशित मिति: १४:२९ बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्