Kathmandu Press

माथिलो चाकु विद्युत आयोजना सम्पन्न

सिन्धुपाल्चोक, चैत २४ : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न...
माथिलो चाकु विद्युत आयोजना सम्पन्न

सिन्धुपाल्चोक, चैत २४ : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

निजी क्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा निर्माण भएको आयोजनाबाट उत्पादित विद्युत् मङ्गलबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको र एक सातापछि व्यापारिक उत्पादन शुरु गरिने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजुले जानकारी दिए। प्रतिमेगावाट २२ करोड रुपैयाँ लगानी भएको आयोजनाबाट हाल नदीको बहाव कम भएकाले दैनिक सरदर तीन दशमलव पाँचदेखि चार मेगावाट विद्युत् उत्पादन भएको छ ।

नेपाली प्राविधिकद्वारा डिजाइन गरी सम्पूर्ण कार्य नेपाली प्राविधिकद्वारा नै गरिएको आयोजनाको हेड ८१५ मिटर रहेको छ । फुल्पींकट्टीको चन्द्रपुमा बाँध बाँधी मामिंङको याङले फाँटमा विद्युत् गृह निर्माण भएको आयोजनाको सुरुङमार्ग तीन हजार ३०० मिटर रहेको छ । अरनिको राजमार्गको १०० किलोमिटरमा पर्ने मार्मिङको चाकु बजारबाट ३० किलोमिटर पहुँच मार्ग निर्मण गरी आयोजनास्थलदेखि २२ किलोमिटर लामो प्रसारण लाइन मार्फत लामोसाधुस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। 

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि विसं २०७२ को विनाशकारी भूकम्प, नाकाबन्दी र पटकपटक बाढी पहिरोका कारण लामो समय लागेको आयोजनाले जनाएको छ । उक्त कम्पनीद्वारा निर्माण भइरहेको ३६ मेगावाटका अप्पर बलेफी आयोजनाको काम पनि अन्तिम चरणमा पुगेको कार्यकारी निर्देशक कसजुले जानकारी दिए।
 

प्रकाशित मिति: १४:०५ बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्