Kathmandu Press

विराटनगरकाे शहीद रङ्गशालामा ‘फ्लड लाइट’

मोरङ, चैत २४ : शहीद रङ्गशालामा फ्लड लाइट सञ्चालनभएपछि विराटनगरवासीको वर्षौंदेखिको रात्रिकालीन खेलकूद हेर्ने चाहना पूरा भएको छ । काठमाडौँको दशरथ रङ्गशालापछि विराटनगरमा यो दोस्रो...
विराटनगरकाे शहीद रङ्गशालामा ‘फ्लड लाइट’

मोरङ, चैत २४ : शहीद रङ्गशालामा फ्लड लाइट सञ्चालनभएपछि विराटनगरवासीको वर्षौंदेखिको रात्रिकालीन खेलकूद हेर्ने चाहना पूरा भएको छ । 

काठमाडौँको दशरथ रङ्गशालापछि विराटनगरमा यो दोस्रो फ्लड लाइट हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फ्लड लाइटको सोमबार साँझ उद्घाटन गर्दै तीन वर्षअगाडि सरकारले प्रतिबद्धता व्यक्त गरेअनुसार आफ्नो काम पूरा गरेको बताए । मुख्यमन्त्री राईले फ्लड लाइट सञ्चालनबाट यस क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिता सञ्चालन सहज हुने जानकारी दिए ।

सामाजिक विकासमन्त्री उषाकला राईले खेलकूदको माध्यमबाट समाजमा अनुशासन कायम गरी मानव सभ्यताको विकास गर्ने धारणा राखे । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले प्रदेश सरकारको रु पाँच करोड ४२ लाख लगानीमा फ्लड लाइट जडान गरिएको जानकारी दिए।

विसं २०७६ असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीबीच ३२ देखि ३५ मिटरसम्मको उचाइ रहने गरी चार वटा पोल खडा गरी प्रत्येक फ्लड लाइट फ्रेममा एक हजार वाटको २७ वटा बत्ती जडान गर्ने गरी चार करोड २९ लाख रुपैयाँमा विसं २०७७ वैशाख २५ गते सम्पन्न गर्ने ठेक्का सम्झौता भएको थियो ।

कोरोना सङ्क्रमण रोक्न नेपाल र भारतको सीमा बन्द, अन्य आवश्यक सामग्री जडान, प्याराफिट मर्मतलगायतका  कारण प्रदेश सरकारले समय सीमा थप गर्नुका साथै ८४ लाख रुपैयाँ थपेको सचिव कार्कीले बताए। बन्दाबन्दीको कारण भारतबाट सामग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको अमर जेभीले बताएको छ । 
 

प्रकाशित मिति: १२:५१ बजे, मंगलबार, चैत २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्