महाकाली तटबन्धको दुवै देशको टोलीले अनुगमन गर्ने
काठमाडौं, चैत २३ : भारतले दार्चुलाको सीमा क्षेत्र महाकाली नदीमा निर्माण गरिरहेको तटबन्धको दुवै देशको विज्ञ टोलीले अनुगमन गर्ने भएको छ।सोमबारको प्रतिनिधिसभाको बैठकमा...
काठमाडौं, चैत २३ : भारतले दार्चुलाको सीमा क्षेत्र महाकाली नदीमा निर्माण गरिरहेको तटबन्धको दुवै देशको विज्ञ टोलीले अनुगमन गर्ने भएको छ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै परराष्टमन्त्री प्रदीप ज्ञवालीले दुवै देशको टोलीले अनुगमन गर्ने बताएका हुन्।
प्रतिनिधिसभाको अघिल्लो बैठकमा सांसद दिलेन्द्रप्रसाद बडूले भारतले सिमाक्षेत्रमा एकतर्फी रुपमा तटबन्ध बनाइरहेको जनाउँदै सरकारलाई प्रश्न गरेका थिए।
त्यस विषयमा बोल्दै मन्त्री ज्ञवालीले भारतले निर्माण गरिरहेको तटबन्धको विषयलाई गम्भीरतापूर्वक लिएको बताए। उनले चैत ३० गते स्थलगत अध्ययन गर्ने बताएका हुन्र
प्रकाशित मिति: १९:०१ बजे, सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)