लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
माओवादी, कांग्रेस र जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहँदा प्रदेश सरकारले हिउँदे अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेको हो।
बुटवल, चैत २३ : लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय लिएको हो।
प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीका अनुसार मंगलबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो।
माओवादी, कांग्रेस र जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहँदा प्रदेश सरकारले हिउँदे अधिवेशन नै अन्त्य गर्ने निर्णय गरेको हो।
प्रकाशित मिति: १७:४१ बजे, सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784031842.jpg)