कबड्डी-४ मा नायिकाका रूपमा मिरुना र गाैमाया अनुबन्धित
काठमाडौं, चैत २३ : चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ को प्रदर्शन मिति २०७८ साल असोज १५ गते भनी पहिले नै निर्धारण भइसकेको...
काठमाडौं, चैत २३ : चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ को प्रदर्शन मिति २०७८ साल असोज १५ गते भनी पहिले नै निर्धारण भइसकेको छ भने यसको छायांकन भने वैशाखबाट हुने भिनएकाे छ। निर्माता तथा निर्देशक रामबाबु गुरुङले यो फिल्मलाई ‘कबड्डी’को अन्तिम सिक्वेल पनि भनिसकेका छन्।
कबड्डी निर्माण पक्षले सुरुदेखि तीनवटा सिक्वेल निर्माण गरिसक्दा नायिकाहरू पनि फेरिइरहेका छन्। यो चौथो सिक्वेलमा पुराना नायिकाले दोहोरिने मौका पाउने या नपाउने कुनै टुंगो नलागे पनि दुई नयाँ नायिकाले प्रवेश पाउने पक्का भएको छ। ती नायिकाहरू मिरुना मगर र गौमाया यात्री हुन्। उनीहरू भर्खरै यो चलचित्रका लागि अनुबन्धित भएका हुन्।
नायिका मिरुनाले केही फिल्ममा काम गरिसकेकी छन्। उनलाई नायिकाका रूपमा धेरैले चिन्छन् र रुचाउँछन् पनि । तर गौमायाका लागि चलचित्र अभिनय यो नै पहिलो हुनेछ। गौमाया ‘भ्लगर’ हुन्। उनले भ्लगिङमार्फत नेपाली भाषा तथा संस्कृतिको प्रवर्द्धन गर्दै आएकी छन्।
रामबाबुका अनुसार ती दुई नायिकासँग ६ महिनादेखि कुरा भइरहे पनि भर्खर मात्रे अनुबन्धनको टुंगो लागेको हो। अहिले दुवै नायिक वर्कसपमा छन्।
अन्य केही कलाकार भने पुरानै दोहोरिनेछन्। चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, जयनन्द लामा रहने पक्का भएको छ।












