जबर्जस्ती करणी मुद्दाका अभियुक्त चार वर्षपछि पक्राउ
पर्सा प्रहरीले जबर्जस्ती करणी मुद्दाका एक फरार अभियुक्तलाई चार वर्षपछि पक्राउ गरेको छ।
वीरगञ्ज, चैत २३ : पर्सा प्रहरीले जबर्जस्ती करणी मुद्दाका एक फरार अभियुक्तलाई चार वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका–४ का मुख्तार मिया अन्सारी छन्। उनले १२ कात्तिक ०७४ मा उनले एक युवतीलाई स्थानीय उखुबारीमा पु¥याएर साथी अन्सारी मियासँग मिलेर बलात्कार गरेका थिए।
मियालाई २२ चैतमा भारतीय प्रहरीको सहयोगमा भारतबाट पक्राउ गरिएको हो। उनलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। अर्का अभियुक्त अन्सारीको खोजी भइरहेको प्रहरीले बताएको छ।
प्रकाशित मिति: १७:०४ बजे, सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)