Kathmandu Press

मापदण्ड विपरित काम गर्ने २४४९ व्यापारी कारबाहीमा

काठमाडाैं, जेठ २५ : नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले दुई हजार ४४९ व्यापारीलाई कारवाही गरेको छ। 

कार्यालयले चालू आर्थिक....

मापदण्ड विपरित काम गर्ने २४४९ व्यापारी कारबाहीमा

काठमाडाैं, जेठ २५ : नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले दुई हजार ४४९ व्यापारीलाई कारवाही गरेको छ। 

कार्यालयले चालू आर्थिक वर्षको हालसम्म नाप्ने तथा तौलने यन्त्र जाँच तथा नवीकरण नगराएको भन्दै ती व्यापारीलाई कारवाही गरेको हो। कार्यालयका प्रमुख एवं उपसचिव राकेशकुमार झाले तौलमा घटी बढी गरेर सामान बिक्री वितरण गर्ने तथा समयमा नाप्ने तौलने यन्त्र परीक्षण नगर्ने व्यापारीलाई कारवाही गरेको जानकारी दिए। नापतौल कार्यालयको मापदण्ड विपरीत काम गर्ने व्यापारीलाई कारवाही गरिएको उनले बताए।

चालू आर्थिक वर्षमा एक हजार ४३ व्यापारीले नाप्ने तथा तौलने यन्त्रका लागि अनुमतिपत्र प्राप्त गरेका छन् भने ४५ व्यापारीको इजाजतपत्र नवीकरण गरिएको छ। तीन हजार ७३४ व्यापारीले नाप्ने तथा तौलने यन्त्र, ४६२ पटक पेट्रोलियम पदार्थ वितरण गर्र्ने पेट्रोल पम्प र ३० पटक पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करलाई जाँच गरेको कार्यालयले जनाएको छ।

कार्यालयले चालू आर्थिक वर्षमा नापतौल यन्त्र दर्ता, नवीकरण तथा पेट्रोलपम्प जाँचबाट ९२ लाख ७१ हजार ३०३ राजश्व संकलन गरेको जनाएको छ।
 

प्रकाशित मिति: १२:१५ बजे, शनिबार, जेठ २५, २०७६