Kathmandu Press

थपिए २६६ कोरोना संक्रमित, काठमाडौंमा सबैभन्दा बढी

काठमाडौं, चैत २३ : पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन्।आइतबारको भन्दा यो संख्या ९० जना बढी हो।...
थपिए २६६ कोरोना संक्रमित, काठमाडौंमा सबैभन्दा बढी

काठमाडौं, चैत २३ : पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन्।

आइतबारको भन्दा यो संख्या ९० जना बढी हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सोमबार दिएको जानकारीअनुसार कोरोना संक्रमण पुष्टिका लागि ४ हजार ५ सय ३६ जनामा परीक्षण गरिएको थियो। आइतबार ३ हजार ४ सय ५६ जनामा परीक्षण गर्दा १ सय ७६ जना संक्रमित भेटिएका थिए।  

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये काठमाडौंमा सबैभन्दा धेरै ९८ जना छन् भने दोस्रोमा चितवन ३७ जना छन्। त्यस्तै ललितपुरमा २६, भक्तपुरमा १३, र कास्कीमा १९ जना संक्रमित थपिएका छन्।

आइतबार काठमाडौंमा ८७, ललितपुरमा ८ र भक्तपुरमा ४ गरी उपत्यकामा ९९ जना संक्रमित भेटिएका थिए। काठमाडौं जिल्लापछि सबैभन्दा धेरै कास्कीमा २४ जना संक्रमित भेटिएका थिए।

नेपालमा अहिलेसम्म संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० रहेको छ। निको हुनेको संख्या २ लाख ७३ हजार ३४२ जना छन्। कोरोना संक्रमणका कारण हालसम्म ३ हजार ३६ जनाको मृत्यु भएको छ। दुईजनाको मृत्यु पछिल्लो २४ घण्टामा भएको हो।

प्रकाशित मिति: १६:५८ बजे, सोमबार, चैत २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्