Kathmandu Press

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुद्वारा आयल निगम घेराउ

काठमाडौं, चैत २३ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ। त्यसक्रममा विद्यार्थीहरुले...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुद्वारा आयल निगम घेराउ

काठमाडौं, चैत २३ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ। त्यसक्रममा विद्यार्थीहरुले ‘मूल्यवृद्धि खारेज गर’, ‘नालायक सरकार राजीनामा दे’ लगायत नारा लगाएका थिए।

सो संगठनले नेपाल आयल निगमको बबरमहलस्थित केन्द्रीय कार्यालय घेराउ गरेको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएपछि अनेरास्ववियुले विरोध जनाएको हो।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली नेतृत्वको टोलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसमक्ष ज्ञापनपत्र समेत बुझाएको छ।

मूल्यवृद्धिबाट लाखौं विद्यार्थी मात्रै नभई जनसमुदायमाथि सिधा प्रहार भएको प्रदर्शनकारीको भनाइ छ। उपभोक्ता, विद्यार्थी, श्रमजीवी वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न अनेरास्ववियुले अनुरोध गरेको छ।

ज्ञापनपत्र बुझ्दै निगमका कार्यकारी निर्देशक पौडेलले प्रत्येक १५÷१५ दिनमा मूल्य समायोजना गर्ने व्यवस्थाअनुरुप नै मूल्य वृद्धि गरिएको र निगमसँग भण्डारण क्षमता नहुँदा भारतले मूल्य बढाउनेबित्तिकै यहाँ पनि बढाउनुपर्ने बाध्यता रहेको बताए।

मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०३ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: १६:४१ बजे, सोमबार, चैत २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्