लकडाउनमा जानुअघि सबै प्रभावकारी उपाय अपनाउँछौँः स्वास्थ्यमन्त्री
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोरोना प्रसार रोक्न तत्काल लकडाउनको उपायमा सरकार प्रवेश नगर्ने बताएका छन्।
काठमाडौं, चैत २३ : स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोरोना प्रसार रोक्न तत्काल लकडाउनको उपायमा सरकार प्रवेश नगर्ने बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले भारत र विश्वभर कोरोना संक्रमण बढिरहेको सन्दर्भमा नेपालमा पनि लकडाउनमा पुग्नुअघि अपनाउनुपर्ने सबै उपाय अवलम्बन गरिने बताएका हुन्।
आगामी जेठ–असारमा कोरोना संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आकलन उनले गरे। ‘जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ,’ उनले भने। भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको उनले बताए।
प्रकाशित मिति: १६:१४ बजे, सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)