‘बिजनेस नदिएर सरकारले संसदले काम गर्न नसक्ने सन्देश दिन खोजेको छ’
काठमाडौं, चैत २३ : माओवादी केन्द्रकी सांसद शशी श्रेष्ठले सरकारले बिजनेस नदिएकोप्रति आपत्ति जनाइन्।सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारमाथि संसदलाई बिजनेस...
काठमाडौं, चैत २३ : माओवादी केन्द्रकी सांसद शशी श्रेष्ठले सरकारले बिजनेस नदिएकोप्रति आपत्ति जनाइन्।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारमाथि संसदलाई बिजनेस नदिएर काम गर्न नसकेको सन्देश दिन खोजेको आरोप लगाइन्।
सरकारकै कारण संसद अहिले काम गर्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ थियो। उनका अनुसार हाल प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ५५ विधेयक विचाराधीन अवस्थामा छन्।
संसदको अनादर गरे अर्को जनादेशबाट निर्वाचित सांसद भए पनि कुनै काम गर्न नसक्ने उनको भनाइ थियो।
प्रकाशित मिति: १४:५० बजे, सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)