Kathmandu Press

‘बालुवाटारबाट १६५ शिलान्यास गर्नु नौटंकी’

काठमाडौं, चैत २३ : प्रमुख प्रतिपक्षी दल कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा स्विच थिचेर १ सय ६५ निर्वाचन क्षेत्रका रणनीतिक...
‘बालुवाटारबाट १६५ शिलान्यास गर्नु नौटंकी’

काठमाडौं, चैत २३ : प्रमुख प्रतिपक्षी दल कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा स्विच थिचेर १ सय ६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक शिलान्यास गर्नु नौटंकी भएको बताएकी छन्।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै शाहीले भनिन्,  ‘तयार नै नगरी बालुवाटारबाट स्विच थिचेर सडक शिलान्यास गर्नुहुन्छ, प्रधानमन्त्रीज्यू, यो त नौटंकी हो।’

उनले संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरबारमा आउनै डराएको टिप्पणी गर्दै बालुवाटार पनि सरकारी निवास भएकाले त्यहाँ नबसी बालकोटमा बसेर राज गर्दा राम्रो हुने बताइन्।

उनले संसदले महिला हिंसाविरुद्धको विधेयक ल्याउन नदिएको भनेर ढाँट्ने गरेको प्रधानमन्त्रीका कारण अति महत्त्वपूर्ण विधेयकहरू थन्किएको स्पष्ट परिन्। 

प्रकाशित मिति: १३:५७ बजे, सोमबार, चैत २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्