Kathmandu Press

बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौं, चैत २३ :  बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई तीन महिनाभन्दा बढी समयदेखि फरार प्रतिवादी बरुण ढकाल पक्राउ परेका छन्।खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-१५...
बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौं, चैत २३ :  बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई तीन महिनाभन्दा बढी समयदेखि फरार प्रतिवादी बरुण ढकाल पक्राउ परेका छन्।

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-१५ स्थायी घर भएका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो।

ढकालविरुद्ध उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा पुस १५ गते पाँच दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

उनले २०७५ चैत २० गते आफ्नो खातामा पर्याप्त रकम नहुँदा पनि कमलाकुमारी राईलाई ५६ लाख १५ हजार र कल्पनाकुमारी राईलाई ५ लाख ४० हजार रुपैयाँको चेक दिएको सीआईबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उच्च अदालतले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) अनुसार क्रमशः दिन कैद र ५६ लाख १५ हजार जरिवाना तथा २ दिन कैद र ५ लाख ४० हजार जरिवाना तोकेको थियो।

प्रकाशित मिति: १३:३५ बजे, सोमबार, चैत २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्