Kathmandu Press

बम विस्फोटमा परी एक सैनिकको मृत्यु

काबुल, चैत २३ : अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ।सडककिनारमा राखिएको विस्फोटक...
बम विस्फोटमा परी एक सैनिकको मृत्यु

काबुल, चैत २३ : अफगानिस्तानको राजधानी काबुलको बाहिरी इलाकामा रहेको एक स्थानमा भएको बम विस्फोटमा परी एक सैनिकको मृत्यु भएको छ।

सडककिनारमा राखिएको विस्फोटक पदार्थ पड्किँदा एक सैनिकको मृत्यु हुनुको साथै अन्य चार सैनिक  घाइते भएका प्रहरी स्रोतले पुष्टि गरेको छ। 

यस विस्फोटमा कुनै समूहको हात रहेको हो या होइन भन्ने प्रस्ट भएको छैन्। अफगानिस्तानमा सडक किनारमा बम विस्फोट गराउने यसअघि प्रायः तालिबान लडाकू समूहले गराउँदै आएका छन्। यसपटक पनि सोही समूहको हात रहेको आशंका प्रहरीको छ। 

 यो समाचार लेखिएको अवस्थामा यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको थिएन।

प्रकाशित मिति: १२:३९ बजे, सोमबार, चैत २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्