कोरोनाविरुद्ध प्रहरीले थाल्याे जनचेतना अभियान
काठमाडौं, चैत २३ : केही समयअघि अलिकति मत्थर भएको ठानिए पनि पछिल्लो समय कोरोना भाइरसको प्रभाव बढ्दो छ। भारतमा कोरोना संक्रमितको संख्या अत्यधिक बढिरहेका...
काठमाडौं, चैत २३ : केही समयअघि अलिकति मत्थर भएको ठानिए पनि पछिल्लो समय कोरोना भाइरसको प्रभाव बढ्दो छ। भारतमा कोरोना संक्रमितको संख्या अत्यधिक बढिरहेका बेला नेपालमा पनि त्यस्तै परिस्थिति आउने सम्भावना देखिएको छ।
त्यस्तो स्थिति नआओस् भनेर नेपाल प्रहरीले जनचेतना अभियान सुरु गरेको छ। उक्त अभियानअन्तर्गत काठमाडौंका मुख्य चोकहरूबाट कोरोनासम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको छ ।
सोमबार जोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, रत्नपार्कसहित १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर कोरोनाबाट जोगिन सचेतना अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
सो क्रममा प्रहरीले मास्क, सेनिटाइजर लाउन र सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ। केही चोकमा कोरोनाविरुद्ध सचेतनामूलक अडियो पनि बजाउन सूरु गरिएको छ।
गृह मन्त्रालयले आफूमातहतका सबै निकायलाई सचेतना कार्यक्रम गर्न निर्देशन दिएको थियो। सोही निर्देशनकोृ कार्यान्वयनस्वरूप महानगरीय प्रहरी परिसर काठमाडौंले पहिलो चरणमा सचेतना कार्यक्रम सुरु गरेको हो।
दोस्रो चरणमा भने सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई सय रुपैयाँ जरिवाना गर्ने जनाइएको छ।











-1784031842.jpg)