प्रधानमन्त्रीले शिलान्यास गरेकाे दैजी छेला औद्योगिक क्षेत्र निर्माण कार्यले गति लिँदै
कञ्चनपुर, चैत २३ : गत महिना प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेको बेदकोट नगरपालिकाको दैजी छेला औद्योगिक क्षेत्रको निर्माण कार्यले गति लिन थालेको छ...
कञ्चनपुर, चैत २३ : गत महिना प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेको बेदकोट नगरपालिकाको दैजी छेला औद्योगिक क्षेत्रको निर्माण कार्यले गति लिन थालेको छ । औद्योगिक क्षेत्रभित्र पर्ने रुख बिरुवाको नम्बरिङ, छपान, मूल्यांकन, इआइएको भेरिफाइ गर्नेसम्बन्धी कार्य सुरु हुने भएको हो।
मंगललबारदेखि प्राविधिक टोलीले औद्योगिक क्षेत्रका लागि छुट्टयाइएको जग्गामा काम सुरु गर्नै नगर प्रमुख अशोक चन्द बताए । औद्योगिक क्षेत्र निर्माण प्रभावकारी रुपमा अगाडि बढाउनका लागि डिभिजन वन कार्यालयलाई औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेडले आठ लाख १३ हजार रुपैयाँ रकम पेश्कीका रुपमा उपलब्ध गराएको छ।
औद्योगिक क्षेत्रको हालसम्म वन तथा वातावरण मन्त्रालयबाट वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिको बैठकबाट २४० दशमलब ३४ हेक्टर (३५५ दशमलव ७० बिघा) जग्गामा डिपिआर निर्माणको कार्य सम्पन्न गरी स्वीकृत भइसकेको छ ।
आयोजनाको कूल लागत नौ अर्ब रुपैयाँ रहेको छ । औद्योगिक प्लटसङ्ख्या र क्षेत्रफल १०० प्लटमा रहने छ भने साना उद्योगका लागि २३ वटा प्लट छुट्याइएको छ । आयोजना ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।











-1784031842.jpg)