पूर्वप्रधानसेनापति राणाको निधन
काठमाडौं, चैत्र २३ : पूर्वप्रधानसेनापति महारथी अर्जुनरसिंह राणाको ९१ वर्षको उमेरमा आज (आइतबार) बेलुका निधन भएको छ। सैन्य अस्पताल छाउनीमा उनको निधन भएको हो।सैनिक...
काठमाडौं, चैत्र २३ : पूर्वप्रधानसेनापति महारथी अर्जुनरसिंह राणाको ९१ वर्षको उमेरमा आज (आइतबार) बेलुका निधन भएको छ। सैन्य अस्पताल छाउनीमा उनको निधन भएको हो।
सैनिक जनसम्पर्क निर्देशनालय प्रमुख सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार उनलाई निमोनिया थियो। साथै उनमा कोरोना संक्रमण पनि भएको थियो।
उनी २०४० देखि २०४४ सालसम्म प्रधानसेनापति भएका थिए। राणाको आज पशुपति आर्यघाटको विद्युतीय शवदाहगृहमा सैनिक सम्मानका साथ अन्त्येष्टि गरिने पौडेलले बताए।
एक मात्र छोरा अरुणको क्यान्सरका कारण नर्भिक अस्पतालमा तीन साताअघि निधन भएको थियो। छोराको उपचारका निम्ति उनी पनि लामो समय मुम्बई बसेका थिए।
प्रकाशित मिति: ०६:३१ बजे, सोमबार, चैत २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)