Kathmandu Press

थारू कल्याणकारिणी सभासँगको वार्ता सकारात्मक

काठमाडौं, चैत २२ : सरकार र थारू कल्याणकारिणी सभाबीच आइतबार भएको दोस्रो वार्ता सकारात्मक भएको छ।वार्ताका क्रममा सभाले राखेका मागहरुका बारेमा थप व्याख्या...
थारू कल्याणकारिणी सभासँगको वार्ता सकारात्मक

काठमाडौं, चैत २२ : सरकार र थारू कल्याणकारिणी सभाबीच आइतबार भएको दोस्रो वार्ता सकारात्मक भएको छ।

वार्ताका क्रममा सभाले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा.राजन भट्टराईले बताए। वार्ता सहमति उन्मुख रहेको र अर्को चरणकोे वार्ता निकट भविष्यमै हुने उनले बताए।

थारु कल्याणकारिणी सभाले सांसद रेशम चौधरीसहित टीकापुर घटनामा जेलमा रहेका व्यक्तिहरुलाई छोड्न माग गरेको छ। त्यस्तै, उनीहरुमाथि लगाएका मुद्दा फिर्ता गर्नुपर्ने माग राखेको छ।

जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुका माग पूरा गर्ने आश्वासन दिएका छन्।

 

प्रकाशित मिति: १९:५३ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्