Kathmandu Press

मिडिया काउन्सिल विधेयक फिर्ता नलिए संसद अवरोध : देउवा

काठमाडाै‌, जेठ २४ : काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक मार्फत सरकारले प्रेस स्वतन्त्रता खोस्न खोजेको आ....

मिडिया काउन्सिल विधेयक फिर्ता नलिए संसद अवरोध : देउवा

काठमाडाै‌, जेठ २४ : काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक मार्फत सरकारले प्रेस स्वतन्त्रता खोस्न खोजेको आरोप लगाएका छन्। 

शुक्रबार नेपाली कांग्रेस ललितपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रताका लागि कांग्रेसले उक्त विधेयक संसदमा अघि बढाउन नदिने बताए। 

‘लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक, मानव अधिकार हनन् हुने गरी आएको मानव अधिकार आयोगसम्बन्धी विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउन हामी बाध्य हुनेछौ’ देउवाले भने। 

देउवाले बालुवाटारलगायतका सार्वजनिक तथा गुठीको जग्गा नियन्त्रणमा लिएर सरकारले आफ्ना पार्टीका सांसदहरुलाई दिने काम गरिरहेको पनि आरोप लगाए । 

सरकारका हरेक कदम लोकतन्त्र र जनता विरोधी भएको बताउदै कांग्रेसले त्यसको डटेर प्रतिवाद गर्ने उनले बताए। 

नेकपा नेता कांग्रेस प्रवेश

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका  ललितपुर जिल्ला नेता रामकृष्ण हुमागाँई काँग्रेसमा प्रवेश गरेका छन्। 
राष्ट्रिय जागरण अभियान कार्यक्रमका क्रममाशुक्रबार हुमागाँईलाई कांग्रेसका सभापति देउवाले काँग्रेसमा प्रवेश स्वागत गरेको हुन्।

पार्टी प्रदेशपछि हुमागाँईले सत्तासीन नेकपा लालबाट दलाल भएकोले आफू काँग्रेस प्रवेश गरेको बताए । ‘२५ वर्ष नेकपाको स्कुलिङमा हुर्किँदा काँग्रेसप्रति मलाई भ्रम थियो । देशभक्त र असली लोकतन्त्रको पहरेदार काँग्रेस रहेछ । अहिले आएर थाहा पाएँ’ हुमागाइले भने। 

उनले सत्तारूढ नेकपामा कम्युनिष्ट चरित्र नभएको बताउँदै कम्युनिस्ट हुँ भन्दा लाज लाग्ने परिस्थिति सिर्जना भएकोले कांग्रेस प्रवेश गरेका पनि बताए । उनले अब आफूले ललितपुरलाई काँग्रेसको किल्ला बनाउने दाबी गरे । साथै उनले पार्टीले दिने जिम्मेवारी इमानदारीपूर्वक पालना गर्ने पनि बताए।

प्रकाशित मिति: १८:२४ बजे, शुक्रबार, जेठ २४, २०७६