Kathmandu Press

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रावल

काठमाडौं, चैत २२ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल नियुक्त भएका छन्।प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले डा. रावललाई...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रावल

काठमाडौं, चैत २२ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल नियुक्त भएका छन्।

प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले डा. रावललाई उपकुलपति नियुक्त गरेका हुन्। यसअघि सिफारिस समितिले उपकुलपतिका लागि रावलको नाम सिफारिस गरेको थियो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। डा.रावलसँगै प्रा.डा. रेशम राना र डा. पुजनकुमार रोकायाको नाम पनि उपकुलपतिका लागि सिफारिस गरिएको थियो।

प्रकाशित मिति: १८:०९ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्