Kathmandu Press

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिमा डा. मंगल रावल

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिमा डा. मंगल रावल

काठमाडौं, चैत २२ : प्रधानमन्त्री एवं कुलपति केपी ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावललाई नियुक्त गरेका छन्।

उपकुलपति नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीको संयोजकत्वमा सिफारिस समिति बनायएको थियो । सोही समितिले गरेको सिफारिसका आधारमा उक्त नियुक्त गरिएको हो।

समितिले डा. रावलसँगै प्रा.डा. रेशम राना र डा. पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो।

प्रकाशित मिति: १८:०७ बजे, आइतबार, चैत २२, २०७७