उपत्यकामा थपिए ९९ कोरोना संक्रमित
काठमाडौं, चैत २२ : नेपालमा आइतबार थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घन्टामा ३४५६ मा पिसिआर गर्दा १७६ जनामा कोरोना...
काठमाडौं, चैत २२ : नेपालमा आइतबार थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा ३४५६ मा पिसिआर गर्दा १७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घन्टामा उपत्यकामा मात्रै ९९ सय जनामा कोरोना संक्रमण पुष्टी भएको छ। भक्तपुरमा ४, ललितपुरमा ८ र काठमाडौँमा ८७ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११७ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार २४० पुगेको छ।
प्रकाशित मिति: १६:५६ बजे, आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)