Kathmandu Press

एसिड खरिद गर्नुअघि गृह मन्त्रालयलाई जानकारी दिनुपर्ने 

काठमाडौं, चैत २२ : अब एसिड तथा तेजावलगायतका केमिकल खरिद गर्नुअघि गृह मन्त्रालयलाई जानकारी दिनुपर्ने भएको छ । अबदेखि कुनै पनि उद्योग, कारखानामा आवश्यक पर्ने...
एसिड खरिद गर्नुअघि गृह मन्त्रालयलाई जानकारी दिनुपर्ने 

काठमाडौं, चैत २२ : अब एसिड तथा तेजावलगायतका केमिकल खरिद गर्नुअघि गृह मन्त्रालयलाई जानकारी दिनुपर्ने भएको छ । 

अबदेखि कुनै पनि उद्योग, कारखानामा आवश्यक पर्ने एसिड र केमिल खरिद गर्दा सात दिनअगाडि नै मन्त्रालयलाई जानकारी दिनुपर्ने भन्दै मन्त्रालयले आज सूचना जारी गरेको छ । एसिड आवश्यक परेको कारणसहित एसिडको मात्रा खुलाएर मन्त्रालयमा जानकारी दिन मन्त्रालयले निर्देशन दिएको हो । 

एसिड प्रहार र अव्यवस्थित एसिड भण्डारणका कारण मानिसको ज्यानै गएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०७७  अनुसार एसिड र अन्य घातक केमिकलको बिक्रीवितरणमा कडाइ गरिएको हो । 

अध्यादेशको दफा (५) मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खास प्रकारका उद्योगमा प्रयोग हुने खास किसिमका तेजाब वा अन्य घातक रासायनिक पदार्थ औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने परिमाणसम्मका लागि सम्बन्धित उद्योगलाई मात्र अनुमतिपत्र दिन सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी, नियमावलीको नियम ५ (२) मा प्रचलित कानुनबमोजिम दर्ता भएको वा इजाजतप्राप्त कुनै उद्योगलाई औद्योगिक प्रयोजनका लागि तेजाब वा अन्य घातक रासायनिक पदार्थ आवश्यक पर्ने भएमा अध्यादेशको दफा १४ को उपदफा ४ बमोजिम पूर्वस्वीकृतिका लागि अनुसूची– ८ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिनुपर्नेछ ।

 
 

प्रकाशित मिति: १६:४६ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्