४० वर्ष भारतको जेलमा बसेका दुर्गाप्रसादको उपचार सुरु
विराटनगर, चैत २२ : भारतको जेलमा ४० वर्षको समय व्यतीत गरेपछि रिहाइ भई स्वदेश फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाको उपचार थालिएको छ।आफूले गरेको घोषणाअनुरूप...
विराटनगर, चैत २२ : भारतको जेलमा ४० वर्षको समय व्यतीत गरेपछि रिहाइ भई स्वदेश फर्किएका इलामका दुर्गाप्रसाद तिम्सिनाको उपचार थालिएको छ।
आफूले गरेको घोषणाअनुरूप प्रदेश सरकारले तिम्सिनाको आइतबार उपचार सुरु गरेको हो। उनलाई विराटनगरस्थित विराट मेडिकल शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
प्रदेश १ आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले तिम्सिनाको प्रारम्भिक स्वास्थ्य परीक्षणपछि समस्या निदान गरेर थप उपचार अस्पतालमै राखेर गरिने जानकारी दिए। उनको उपचारका लागि मन्त्री कार्कीले नै आवश्यक समन्वय गरिरहेका छन्।
विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीले तिम्सिनाको निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित मिति: १५:५८ बजे, आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)