Kathmandu Press

अशोकवृक्ष विहार बचाउन उपत्यकारभर हस्ताक्षर अभियान चलाइने 

काठमाडौं, जेठ २४ः असनको अशोकबृक्ष विहार बचाउन काठमाडौं उपत्यकाभरी हस्ताक्षर अभियान संञ्चालन गरिने भएको छ। नेपालको कला, संस्कृतिको परिचय बोकेकोे अ....

अशोकवृक्ष विहार बचाउन उपत्यकारभर हस्ताक्षर अभियान चलाइने 

काठमाडौं, जेठ २४ः असनको अशोकबृक्ष विहार बचाउन काठमाडौं उपत्यकाभरी हस्ताक्षर अभियान संञ्चालन गरिने भएको छ। नेपालको कला, संस्कृतिको परिचय बोकेकोे असनको कोथुननी अहिले आफै परिचय बिहिन हुने सकंटबाट बचाउन हस्ताक्षर अभियान चलाउन लागिएको अभियान्ताहरुले जनाएका छन्। करिब पाँच सय वर्षपुरानो असनको अशोकवृक्ष विहार भत्काउन लागेपछि उक्त घर प्रयोग गर्दै आएका व्यक्तिसँगै स्थानीय अहिले अशोकवृक्ष बचाउ अभियानमा लागिपरेका हुन्।

धेरै पटकको पहलबाट पनि गुठी संस्थान मौन भएपछि कोठुननी बचाउन अभियानकर्ताहरुले हस्ताक्षर अभियान सुरु गरेका छन् । जेठ १९ गतेदेखि असनबाट सुरु गरेको हस्ताक्षर कार्यक्रम आज २४ गते सम्म असनमै राखिएको छ । भने २६ गते आइतबार देखि ललितपुर र भतmपुरका नेवार बस्तिहरुमा पनि जाने बताइएको छ ।

जेठ २६ गते मरु टोल, जेठ २९ गते बुधबार टोखा मू ः ध्वखा, ३२ गते शनिबार किर्तिपुर पांगा दो बाटो मा हस्ताक्षर अभियानको समय तालिका टोकिएको छ । यसैगरि असार ३ गते मगंलबार ल.पु दरबार स्कवाय्र, ४ गते ल.पु लगनखेल, ६ गने पुरानो ठिमी, बाहाखा बजार र ७ गने शनिवार भ.पु दरबार स्कवायरमा पुगि हस्ताक्षर अभियान समाप्त हुनेछ ।

यो असनको मात्रै नभई परम्परा र संस्कृति बचाइरहेको सबै नेवारी समुदाय र संस्कृति र देशकै समस्या भएकोले सबैलाई हातेमालो गरिदिन अभियानकर्ता सजिव बज्रचार्यले आग्रह गरेका छन् ।

प्रकाशित मिति: १६:१८ बजे, शुक्रबार, जेठ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्