Kathmandu Press

ललितपुरमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौं, चैत २२ : ललितपुरमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएकाे छ।ललितपुर महानगरपालिका–१५ स्थित खुमलटारमा रहेको एक गेष्ट हाउसमा शुक्रबार साँझ दुईजना मिलेर १७ वर्षीया किशोरीलाई...
ललितपुरमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

काठमाडौं, चैत २२ : ललितपुरमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएकाे छ।

ललितपुर महानगरपालिका–१५ स्थित खुमलटारमा रहेको एक गेष्ट हाउसमा शुक्रबार साँझ दुईजना मिलेर १७ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेका हुन्।

बलात्कार गरेको आरोपमा जुम्ला घर भएका १९ वर्षीय धीरेन्द्र रोकाया र कैलालीका २६ वर्षीय सीताराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार बलात्कारमा संलग्न आरोपी सो गेष्ट हाउसका कामदार हुन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: १५:२२ बजे, आइतबार, चैत २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्