स्रोत नखुल्ने ४३ लाख नगदसहित एक युवक पक्राउ
काठमाडौं, चैत २२ : स्रोत नखुल्ने ४३ लाख नगदसहित एक युवक पक्राउ परेका छन्।काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट शनिबार साँझ पक्राउ परेका उनी दाङको...
काठमाडौं, चैत २२ : स्रोत नखुल्ने ४३ लाख नगदसहित एक युवक पक्राउ परेका छन्।
काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट शनिबार साँझ पक्राउ परेका उनी दाङको तुलसीपुर उपमहानगरपालिका-५ का ३७ वर्षीय सन्दीप कौशल हुन् ।
प्रहरीका अनुसार तुलसीपुरबाट काठमाडौं आउँदै गरेको प्रदेश ३-०१-००-६ ख ०९१२ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा ४३ लाख नगद फेला परेपछि उनलाई पक्राउ गरिएको हो। उनका साथबाट नौ थान तिलहरसिमेत फेला परेको जनाइएको छ।
रकमको स्रोत खुलाउन नसकेले उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रकाशित मिति: १३:५८ बजे, आइतबार, चैत २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784031842.jpg)