Kathmandu Press

प्रधानमन्त्रीले असार ५ मा उद्घाटन गर्ने तयारी गरेकाे गौतम बुद्ध विमानस्थल निर्माणको म्याद ६ महिना थपिँदै

काठमाडौं, जेठ २४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा हेरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि फेरि लम्बिने भएको छ....

प्रधानमन्त्रीले असार ५ मा उद्घाटन गर्ने तयारी गरेकाे गौतम बुद्ध विमानस्थल निर्माणको म्याद ६ महिना थपिँदै

काठमाडौं, जेठ २४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा हेरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि फेरि लम्बिने भएको छ। विमानस्थल आयोजनाले निर्माणको म्याद ६ महिना थप्ने भएको छ।

असार ५ गते प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल उद्घाटन गर्ने भन्दै संसदमा सम्बोधन गरेका थिए। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ गते विमानस्थलको शिलान्यास गरेका थिए।

निर्माण कार्य सम्पन्न नभएको भन्दै आयोजनाले चिनियाँ ठेकेदार कम्पनीलाई ६ महिना निर्माणको म्याद थप्न लागेको छ भने पुसपछि मात्रै सञ्चालनमा ल्याउने गरी नयाँ तालिका आयोजनाले तयार परेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन कम्पनीले काम सम्पन्न नगरेपछि थप ६ महिना म्याद थप्न लागिएको हो।

कम्पनीको म्यादा असार १५ गतेसम्म मात्रै रहेको छ। कम्पनीले पुस १५ सम्मको म्याद मागेको छ। एसियाली विकास बैंकको ऋण र अनुदान सहयोगमा निर्माणधिन विमानस्थल निर्माण लम्बिएसँगै लागत पनि बढ्ने निश्चत भएको छ।

प्राधिकरणले पनि सोहीअनुसार पुस १५ गतेसम्म म्याद थप्ने तयारी गरेको छ। स्रोतका अनुसार प्रधानमन्त्रीले असार ५ गते आन्तरिक उडानमार्फत विमानस्थलको उद्घाटन गर्ने तयारी गरिएको थियो।

तर, अब उद्घाटनको समय पनि टरेको छ। चिनियाँ कम्पनीलाई यसअघि पनि दुई पटक म्याद थपिएको थियो। सन् २०१८ को जनवरीमा सञ्चालनको लक्ष्य लिइएको विमानस्थल निर्माणको लागि ढेड वर्ष म्याद गुजारी सकेको छ।

त्यस्तै, भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत मुआव्जा बाहेक दुई अर्ब ५० करोड बढाउने समेत तयारी गरिएको छ। आयोजना निर्माणको समयको अन्तिम चरणमा आइपुग्दा आयोजनाका आठ अर्ब ५५ करोड लागत बढाएर ११ अर्ब पुर्‍याउने खेल सुरु भएको हो। मुआव्जासहित आयोजनाको लागत ४५ अर्ब रुपैयाँ पुग्दै छ।

आयोजनाको निर्माणको लागि चिनियाँ कम्पनीसँग भएको पछिल्लो सम्झौता अनुसार जुन महिनामा भित्रै सम्पन्न गरिसक्नु पर्ने छ। तर, बजार मूल्य अनुसार लागत पुन भेरियसन गराएर बढाउने खेल सुरू भएको हो।

‘सवै निर्माणको काम आठ अर्ब ५५ करोडमा सम्पन्न गर्नेगरी सम्झौता भएको हो, तर अहिले ११ अर्ब पु¥याउने खेल सुरू भएको छ,’ ति अधिकारीले भने।  प्राधिकरण नेतृत्वले भेरियसनका लागि आन्तरिक रुपमा प्राविधिक टोली समेत खटाएको छ।

‘आयोजना निर्माण सम्पन्न हुन अझै ६ देखि ९ महिना लाग्ने अनुमान गरिएकाले चिनियाँ कम्पनीसँग सम्झौता थप गर्ने र लागत बढाउने तयारी छ,’ ति अधिकारीले भने।   

प्रकाशित मिति: १५:२२ बजे, शुक्रबार, जेठ २४, २०७६